खैरो हेरोइनसहित २ जना पक्राउ

33

झापा, ११ कात्तिक । झापाको दमक नगरपालिका–३ बेलडागी स्थितबाट लागुऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बाघखोर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका–५ का २२ वर्षीय प्रदीप लिम्बू र ३१ वर्षीय राजु दर्नाललाई ३ ग्राम लागुऔषध खैरो हेरोइनसहित शुक्रबार दिउँसो नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ।

Share This:
सम्बन्धित खबर
Loading...