पेस्तोलसहित किशोरी पक्राउ

47

काठमाडौँ, ८ कात्तिक । जनकपुरधामस्थित रेल्वे स्टेसन नजिकै रहेको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यमा पर्ने लकीसराई ग्रामपञ्चायत बडीपोखरी–९ का पप्पु सहानीको १६ वर्षीया छोरी पूजा कुमारी सहानी छन् ।

उनको साथबाट कटुवा पेस्तोल एक थान, भारतीय कम्पनीको एउटा सिम र केही नेपाली रूपैयाँ नगद बरामद भएको छ ।

उनलाई नियन्त्रणमा लिइ रेल्वे सुरक्षा बेस जनकपुरधाममा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...