अपडेट : भूकम्पका कारण २० घर भत्किए

62

धादिङ, ५ कात्तिक । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५ कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसादा काप्रीले बताए ।

पटक–पटक चार रेक्टर स्केलभन्दामाथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय राजेश अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण संकलन जारी रहेको बताए ।

धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भइ आज बिहान ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...