विदेशी मुद्रासहित महिला पक्राउ

16

काठमाडौँ, ३ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको ९ हजार ५०० अमेरिकी डलर र ८ हजार भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भुटानी नागरिक ६५ वर्षीया यशी चोडेन रहेकी छन् ।

ड्रुक एयरको उडानबाट पारो जान लागेकी उनलाई विमानस्थलको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट लुकाई लैजान लागेको उक्त विदेशी मुद्रासहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...