मेस्सी र रामोसको अन्तिम खेलमा पिएसजी पराजित

46

काठमाडौँ, २१ जेठ । लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) आफ्नो अन्तिम खेलमा पराजित भएको छ ।

पिएसजीका लागि अन्तिम खेल खेलेको फरवार्ड लियोनल मेस्सी र डिफेन्डर सर्जियो रामोसले आफ्नो अन्तिम खेलमा टोलीलाई जिताउन सकेनन् । दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदान क्लेरमन्टफर्टसँग ३–२ गोलले पराजित भएको हो ।

क्लेरमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरे । पिएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेको गोल साान्त्वना बन्यो ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको पाँचौँ मिनेटमा ग्रिजोन केयईको गोलले मान्यता पाएन । १६औँ मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । २१औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

तर, त्यो दुई गोलको अग्रतालाई पिएसजीले जोगाउन सकेन । २४औँ मिनेटमा जोहानले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३७औँ मिनेटमा ग्रिजोन कोयई पेनाल्टीमा चुक्दा क्लेरमन्टफुर्ट बराबरीबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा मेदी जिफेनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि ६३औँ मिनेटमा ग्रिजोनले गोल गर्दै क्लेरमन्ट फुर्टलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी पराजित हुन पुग्यो ।

रामोस र मेस्सीले यो सिजनको अन्त्यसँगै पिएसजी छाड्ने निर्णय गरिसकेका छन् । यो खेल हारे पनि पिएसजी फ्रेन्च लिग वानको च्याम्पियन बनिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...