खाँदबारीमा प्रेमिकाको हत्या गरी आत्महत्या प्रयास

904

खाँदबारी, १२ जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी आफैँलाई खुकुरी प्रहरी गरी गम्भीर घाइते भएका छन् ।

सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नाललाई हत्या गरेका हुन् । दर्नालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।

प्रेमिकाको हत्या गरी गदालले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गदालको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर सदरमुकाम खाँदबारी आएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार गएराति मृतक दर्नालको डेरामा दुवैजना सँगै बसेका थिए । बिहान घटना थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हत्याको कारण भने खुल्न नसकेको डिएसपी गोदारले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...