काठमाडौँ, ८ जेठ । बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रबिन्दु भएर आज साँझ ६ः५४ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रबिन्दु भएर जेठ ७ गते बिहान ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।