डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरण : दुई जना प्रहरीको नियन्त्रणमा

74

धनगढी, ७ जेठ । धनगढीमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी डाक्टर प्रसन्ना शाहको मृत्यु प्रकरणको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार मृतका शाहका परिवारले दुई जनाविरूद्ध किटानी जाहेरी दर्ता गराएका थिए । सोही आधारमा प्रहरीले उनीहरूविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेर २ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ ।

धनगढी माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर सन्दीप भट्टराई र धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

धनगढी माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डाक्टर पसन्ना शाह बिहीबार बिहान आफ्नै कोठमा मृत भेटिएकी थिइन् ।

परिवारले घटनाको सत्यतथ्य बुझिदिन प्रहरीसमक्ष माग गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...