दैलेखमा जिप दुर्घटना हुँदा १४ जना घाइते

20

सुर्खेत, २० चैत । दैलेखमा जिप दुर्घटना भएको छ ।  सुर्खेतबाट कालिकोटका लागि छुटेको जिप दैलेखको आठबिस नगरपालिका १ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।

उक्त जिपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ  । घाइते २ जनाको अवस्था गम्भीर र अन्य  १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। गम्भीर घाइतेहरुको उद्धार गरी  सुर्खेततर्फ पठाएको छ ।

घाइते हुनेमा २० वर्षीय मनिसा बोगटी,  ५५ वर्षीय गोपिकला बिष्ट, ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीय दुर्गा बोगटी,  ७ वर्षीय प्रतिक्षा बटला, १४ वर्षीय सरद बिष्ट,  ६ वर्षीय राजकुमार बोगटी,  ६ वर्षीय स्वस्तिका बोगटी, १२ वर्षीय कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, १२ वर्षीय सुबास सहकारी र २४ को धन बहादुर बटाला रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...