छ लाख बराबरको नेपाली नक्कली नोटसहित २ जना पक्राउ

62

काठमाडौँ, २ चैत । काठमाडौँबाट प्रहरीले करिब साढे ६ लाख बराबरको नेपाली नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ ।

नेपाली नक्कली मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचनको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार काठमाडौँको कालोपुलबाट उनीहरूलाई प्रकाउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

पक्राउ पर्नेमा रामेछाप जिल्लाको देवी गाउँपालिका–८ स्थायी घर भई काठमाडौँको माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका घर भई काठमाडौँ सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की छन् ।

पक्राउ परेको उनीहरूको साथबाट १००० दरका ६३६ थान (६,३६०००) र नोटको साइजमा काटेका कागजको बन्डल ९ थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ को मुद्रासम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक राठौरले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...