राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरेँ : माधव नेपाल

36

कर्णाली, १५ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि आज सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताए । मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो ।

“नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ,” उनले भने, “यसमा माओवादी केन्द्र त छँदै छ ।” जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठिक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए ।

आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताएका उनले संविधान, संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...