रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

52

काठमाडौँ, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पारे ।

सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...