प्रधानमन्त्री प्रचण्डबाट धोकाको राजनीति भयो : प्रदीप ज्ञवाली

44

काठमाडौँ, १२ फागुन । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले ८ दलको बैठकको निर्णयले देशमा नयाँ अस्थिरता छाएको बताएका छन् । यस निर्णयसँगै पार्टीका उपमहासचिवसमेत रहेको ज्ञवालीले सत्ता गठबन्धनको भविष्यसमेत अनिश्चित बनेको बताए ।

नेता ज्ञवालीले गठबन्धनको सबैभन्दा बढी लाभ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गठबन्धनको सहयात्री दललाई धोका दिएको धारण व्यक्त गर्दै भने, “प्रधानमन्त्री दाहालले राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीको विषय बनाए । अब हामीले नयाँ ढंगले सोच्नुपर्ने परिस्थिति निर्माण भएको छ ।”

विकसित घटनाक्रमबारे एमालेले भोलि सचिवालय बैठक बसेर पार्टीको आफ्नो धारणा बाहिर ल्याउने पनि नेता ज्ञवालीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...