काठमाडौँ, २८ माघ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् भने महासचिवमा रञ्जु दर्शनालाई चयन गरिएको छ ।
शुक्रबारदेखि काठमाडौँमा जारी पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए ।
उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ ।
पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने उनले बताए । केन्द्रीय सदस्यलाई निर्वाचनबाट छान्ने तयारी भइरहेको उनले जानकारी दिए ।