मोरङ, २८ माघ । नेकपा (एकीकृत समजवादी)का सम्मानीत नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैन ।” उनले संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा सहमति कायम हुनसक्ने विचार व्यक्त गरे ।
नेता खनालले राष्ट्रपति पदमा पार्टीले उम्मेदवार दिने सम्बन्धमा धेरै नसोचेको बताए । उनले वर्तमान सरकारमा एकीकृत समजवादी सहभागी नहुने प्रष्ट पारे ।
नेता खनालले समाजवादी पक्षधरका शक्तिबीच एकताबद्ध भएर मुलुकलाई समाजवादतर्फ लैजान मोर्चा निर्माण गरी जाने सम्बन्धमा आवश्यक छलफल भइरहेको जानकारी दिए ।