हत्याका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

17

बुटवल, २९ पुस । रुपन्देहीको मायादेवी गाउँपालिका–७ का भीमबहादुर यादवको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

मायादेवी घर भई ललितपुर महानगरपालिका–२५ नख्खुडोल भैँसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भनिने रामनरेश यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले शुक्रबार पक्राउ गरेको हो ।

घटनापछि लुकीछिपी बसेका यादव १८ वर्षपछि पक्राउ परेका हुन् । उनीमाथि २०६१ वैशाख २८ गते राति भीमबहादुरलाई कुटपिट तथा छुरासमेत प्रहार गरी हत्या गरेको आरोप छ ।

प्रहरीले अभियुक्तलाई आवश्यक कारबाहीको लागि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाएको रुपन्देही प्रहरी नायब निरीक्षक किरण केसीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...