टिकटकबाट जुवा खेलाउने चारजना पक्राउ

24

काठमाडौँ, २८ पुस । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत् जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो  ।

पक्राउ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत् सो रकम कारोबार गरेको पाइएको हो ।

ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरू पक्राउ परेको परेको प्रहरीको भनाइ छ । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...