मोरङ, २८ पुस । विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटीएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को२४ प ७९८४ नम्बरको मोटरसाइकलसहित सोही महानगरपालिका–१८ बस्ने ३६ वर्षीय रविप्रकाश साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटीएम कार्डसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।