४४ जना भारतीय सट्टेबाज पक्राउ

60

काठमाडौँ, २ मंसिर । नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ जना भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

उक्त एकदिवसीय क्रिकेट सिरिज भइरहेको स्थान र्कीतिपुरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत् पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

विशेष सूचनाको आधारमा ब्युरोको टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

उनका अनुसार खेल हेर्ने बहानामा उनीहरू सट्टेबाजीमा संलग्न रहेको पाइएको छ । यसअघि पहिलो खेलमा यस्ता शंकास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी गरी अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...