९० म्यादी प्रहरी कारबाहीमा

55

काठमाडौँ, ३० कात्तिक । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवम् प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरूष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।

“आचारसंहितविपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो,” उनले भने, “कारबाहीमा पर्नेमा अधिकांश मादक पर्दाथ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरूलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।”

प्रवक्ता राईका अनुसार कारबाही पर्नेमा प्रदेश नम्बर १ मा ४८, काठमाडौँ उपत्यकामा एक र बागमती प्रदेशमा पाँच जना रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा एक र सदूरपश्चिम प्रदेशमा ७ छन् ।

काठमाडौँ उपत्यकासहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार ८७७ उपस्थित भएका छन् । जसमध्ये पुरूष ८४ हजार २४८ र महिला ३० हजार ६२९ जना छन् ।

Share This:
सम्बन्धित खबर
Loading...