काठमाडौँ, १७ असार । तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ ।
बसुन्धारास्थित किचेन फर्स्ट रेस्टुरेन्टमा दुई रविबीच भेटघाट भएको हो । भेटघाटका क्रममा नेपाली राजनीतिको कोर्स बदल्ने कुरामा सहमत भएको रवि किरण हमालले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
रवि लामिछाने लामो समय पत्रकारिता छाडेर राजनीतिमा आएका छन् । उनले केही समय अगाडि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए ।