नवनियुक्त मन्त्रीहरुले लिए शपथ

140

काठमाडौँ, १३ असार । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), मेटमणि चौधरी (सहरी विकास मन्त्रालय), भवानीप्रसाद खापुङ (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) र शेरबहादुर कुँवर (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) छन् ।

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोकेकी थिइन् ।

मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिए ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...