ओलीले नियुक्त गरेका ५२ जना संवैधानिक निकायका पदाधिकारीविरुद्धको सुनुवाइ आजदेखि

61

काठमाडौँ, ८ असार । अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ बुधबारदेखि संवैधानिक इजलासमा सुरु हुँदै छ ।

संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत् संशोधन गरेर संसदीय सुनुवाइबिनै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका ५२ पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि सुरु हुन लागेको हो ।

रिट सुनुवाइका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको इजलास गठन गरेका छन् ।

ओलीले अध्यादेशमार्फत २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० जना गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरुलाई नियुक्त गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...