यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न १५ जना पक्राउ

290

ललितपुर । ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न रहेको आरोपमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई, ललितपुर–१९ कुसुन्तीकी २५ वर्षीया निमा लामा, उदयपुर त्रियुगा घर भइ ललितपुर–१४ कुसुन्ती बस्ने १९ वर्षीया कुसुम दनुवार राई, ओखलढुंगा रंगद्विप–६ स्थायी घर भइ जावलाखेल बस्ने ३२ वर्षीय अर्जुन विश्वकर्मा, गुल्मी रिडी नगरपालिका स्थायी घर भइ ललितपुर–१४ कुसुन्ती बस्ने २१ वर्षीय अरुण मगर रहेका छन् ।

यस्तै, ललितपुर–४का ३७ वर्षीय शंकर कार्की, धादिङ साविक अत्रौली गा.वि.स वडा नम्बर ३ स्थायी घर भइ ललितपुर–१८ नख्खु बस्ने ३० वर्षीय कृष्ण श्रेष्ठ, सर्लाही साविक अत्रौली गाविस–३ घर भइ कालिमाटी बस्ने ३० वर्षीय राजिव पाख्रिन, रामेछाप सुनापानी गाउँपालिका–४ स्थायी घर भइ ललितपुर–८ बालकुमारी बस्ने २८ वर्षीय गोविन्द पाण्डे, ललितपुर–१४ बस्ने २४ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।

यसैगरी, रामेछाप गोकुलकुञ्ज नगरपालिका–५ स्थायी घर भइ ललितपुर एकान्तकुना बस्ने २६ वर्षीय दिलिप खड्का, उदयपुर त्रियुगा नगरपालिका गाईघाट स्थायी घर भइ ललितपुर–१४ कुसुन्ती बस्ने २४ वर्षीय कुमार दनुवार राई, रामेछाप मन्थली नगरपालिका–१६ स्थायी घर भइ ललितपुर एकान्तकुना बस्ने २७ वर्षीय प्रभाकर आले मगर, काभ्रेपलाञ्चोक नमबुद्ध नगरपालिका–१० स्थायी घर भइ ललितपुर सातदोबाटो बस्ने २३ वर्षीय दिपक घोरासैनी र ललितपुर महालक्ष्मी नगरपालिका–३ का ३० वर्षीय दिपेन्द्र खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला भइ कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ ।

उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पुर्‍याएको प्रहरीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...