६ जना एसपीको काज सरुवा

228

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

बागमती प्रदेश कार्यालयमा रहेका एसपी रामेश्वरप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाएको छ । यस्तै, सिन्धुपाल्चोकमा रहेका एसपी राजन अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा ल्याइएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेका शन्तिराज कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मेवारी दिइएको छ । यसैगरी, मोरङका एसपी जनार्दन जिसीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ ।

गण्डकी प्रदेश मुख्यालय कास्कीमा रहेका ऋषिराम कँडेललाई पश्चिम नवलपरासीको प्रहरी प्रमुखमा काज सरुवा गरिएको छ ।

पश्चिम नवलपरासीमा रहेका मनोजकुमार यादवलाई गण्डकी प्रदेश गण मुख्यालय पोखरामा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...