पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश [पूर्णपाठ]

288

काठमाडौँ । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्णविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो ।

यस्तै, बलात्कारको कसूरमा मतियारको भूमिका निभाएको आरोप लागेका म्यानेजर कृष्ण जोशीसँग भने १ लाख धरौटी मागेको छ । तनहुँ जिल्ला अदालतको आदेशमा जोशीसँग १ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनिएको छ ।

जिल्ला अदालतको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भएको थियो ।

बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरुद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

बुधबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए भने बिहीबार शहको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेपछि अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको हो ।

Pal
Share This:
सम्बन्धित खबर
Loading...