नेपाल प्रहरीका २५ डिएसपीको सरुवा

281

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले २५ जना डिएसपीको काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले आवश्यकताका आधारमा डिएसपीलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको छ ।

कवित कटवाल अख्तियारमा, कृष्णराज ओझा हुम्ला, कैलाश राई ताप्लेजुङ, गोविन्दराज काफ्ले धनकुटा, जेसी साह कपिलवस्तु, तिलक भारती म्याग्दी, प्रकाश डाँगी रुकुम पूर्व, प्रतिक विष्ट दार्चुला, प्रेमसागर केसी मनाङ, मनोहर प्रसाद भट्ट बाँके, विष्णुप्रसाद सोती रुकुम पश्चिम, सन्तोष निरौला जाजरकोट, सुकदेव खनाल ओखलढुंगा, सुनिलजंग शाह सोलुखुम्बु र सुरज कार्की सुर्खेत सरुवा भएका छन् ।

यस्तै, गणेशबहादुर श्रेष्ठ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, धर्मराज भण्डारी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, ध्रुवकुमार श्रेष्ठ काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण महाराजगञ्ज, बाल नरसिंह राणा ट्राफिक प्रहरी कार्यालय, मधुकुमार थापा र सुवास खड्का बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, हेरम्ब शर्मा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा, श्यामकुमार राई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...