भक्तपुरमा परालले छोपेको अवस्थमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

257

काठमाडौँ । भक्तपुरमा मृतअवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ ।

गए राति चाँगुनारायण नगरपालिका–७ बागरेस्थित तरकारी खेती भएको जग्गामा रहेको टहराभित्र महिलाको शव फेला परेको थियो ।

मृत फेला परेकी महिला जेनिसा नगरकोटी रहेको खुलेको छ । उनको स्थायी ठेगाना काभ्रेको नमोबुद्ध रहेको पनि खुलेको छ । उनी मृत भेटिएकै स्थान वरपर बस्दै आएको र मजदुरी गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

उनको शव परालले छोपेको अवस्थामा भेटिएको थियो । महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट र शरिरको अन्य भागहरुमा पनि चोटहरु रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

अर्धनग्न अवस्थामा फेला परेको महिलाको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीको अनुमान छ । मृतकका श्रीमान् पनि मजदुरी गर्दै आएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...