सशस्त्र प्रहरी बलको प्रवक्तामा कमल तिउसिना

363

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनालाई दिइएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाएपछि तिउसिनालाई सो जिम्मेवारी दिइएको हो ।

का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाइल नम्बर ९८५१२७२००७ र [email protected]  इमेल ठेगाना मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...