६ जना प्रहरी उपरीक्षकको काज सरुवा

328

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । शुक्रबार प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी उपरीक्षकहरुको काज सरुवा गरेको हो ।

चितवन जिल्लामा नवराज अधिकारीलाई काज खटाइएको छ भने चितवनका एसपी ओम अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यस्तै, महोत्तरी प्रहरी उपरीक्षकमा कृष्ण पंगेनीको सरुवा भएको छ । त्यहाँ कार्यरत दिनेश आचार्यको महानगरीय अपराध महाशाखामा सरुवा भएको छ ।

यसैगरी, बर्दिया जिल्लामा अख्तियारमा कार्यरत वीरेन्द्रबहादुर शाहीको सरुवा भएको छ भने बर्दियाका एसपी ईश्वर कार्कीको कार्य विभागमा सरुवा भएको छ ।

साधारणतय, एक वर्ष कार्यसम्पादन गरिसकेपछि जिल्ला प्रहरी प्रमुखहरुको सरुवा हुने गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...