सहायक वन अधिकृतलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

312

काठमाडौँ । कैलालको पचमुडिया सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दल्ने विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।

कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न व्यक्तिहरु खोजतलास गर्ने क्रममा बुधबार कैलाली भजनी नगरपालिका–९ बस्ने ३९ वर्षीय पहल पुनमगरलाई पक्राउ गरिएको हो ।

पुनमगरलाई बुधबार पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नयाब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

अन्य संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गत माघ १७ गते वन अधिकृत पण्डितमाथि विप्लवका कार्यकर्ताको समूहले कार्यालयमै मोसो दलेका थिए ।

पण्डितले आफूमाथि अभद्र व्यवहार गर्ने विप्लवका कार्यकर्तालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...