जग्गा कारोबारी हत्या प्रकरण : थप २ जना पक्राउ

124

काठमाडौँ । मोरङ र ललितपुरमा गरी तीन व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले २ जना नेपाली नागरिकलाई हत्या आरोपमा पक्रो गरेको हो । प्रहरीले पक्राउ परेकाहरुको विवरण भने खुलाएको छैन ।

हत्यामा थप पाँच भारतीय रहेको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ । यसअघि पक्राउ परेका तीन जनालाई आजै जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार सार्वजनिक गरेको थियो ।

सिरहा नगरपालिका घर भएका ३१ वर्षीय अनिल मण्डल, मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका घर भएका अमित साह भनिने दीनानाथ सोनारलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरुले तीन फरक–फरक मितिमा ३ जनाको हत्या गरेको खुलेको छ । उनीहरुले तेह्रथुमका ६२ वर्षीय मोहनप्रसाद लिम्बू, सुनसरीको धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ गाउँपालिका–४ का ३२ वर्षीय शम्भु चौधरीको हत्या गरेको खुलेको छ ।

मंसिर २८ गते ललितपुरको गोदावरी नगरपालिका–१२ मा तेह्रथुमका ४९ वर्षीय व्यवसायी लिम्बूको हत्या गरेको थियो भने पाँच दिनपछि धरानका श्रेष्ठ र त्यसको दुई दिनपछि सप्तरीका चौधरीको हत्या गरेको थियो ।

माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जना (चौधरी र श्रेष्ठ)को शव फेला परेको थियो ।

चौधरी र श्रेष्ठको हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले बिहीबार मात्रै ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गत धापाखेलमा लिम्बूको शव फेला परेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...