कला राईको ‘आउछु भन्दै’ सार्वजनिक [भिडियो]

2,600

काठमाडौँ । चर्चित गायिका कला राईको स्वरमा रहेको आधुनिक गीत ‘आउछु भन्दै’ सार्वजनिक भएको छ ।

सञ्जय बरालको शब्द रहेको गीतलाई संगीतकार रुवेन शाहीले संगीत भरेका छन् ।

यस गीतमा गायिका राईले नै अभिनय गरेकी छन् भने भिडियोलाई अनिल कटुवलले निर्देशन गरेका हुन् ।

गायिका राईले आफ्नै अफिसियल युट्युब च्यानल (कला राई अफिसियल)मार्फत् गीतलाई सार्वजनिक गरेकी छन् ।

‘ए नि लै लै, छोरीको जीवन उडाइ लान्छ रेलले’ बोलको गीतबाट आफ्नो सोलो गायन यात्रा सुरुवात गरेकी गायिका राई २०५७ सालको देशव्यापी लोक गीत प्रतियोगितामा प्रथम भएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...