कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउनेलाई अब कोभिशिल्ड दिइने

253

काठमाडौँ । स्वास्थ्य सेवा विभागले कोरोना भाइरसविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ ।

भेरोसेल खोपको मौज्दात देशैभर कम भएको भन्दै विभागले पहिलो मात्रा लगाउनेलाई कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिन भनेको हो ।

विभागको परिवार कल्याण महाशाखाले परिपत्र गर्दै ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ पुस २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार कोभिड–१९ विरुद्धको बुस्टर डोज (अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका नागरिकलाई मात्र) दिने निर्णय भए बमोजिम खोप दिन सुरु भइसकेको वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सेवा विभागको मिति २०७८÷१०÷५को बैठकको निर्णयानुसार हाललाई भेरोसेल खोपको मैज्दात देशैभर न्यून रहेको हुँदा पहिलो मात्रा खोप लगाउन आउने सबै नागरिकलाई कोभिशिल्ड÷एस्ट्राजेनेका खोप नै लगाउने व्यवस्था मिलाउनु हुन निर्णयानुसार अनुरोध छ,” महाशाखाको परिपत्रमा भनिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...