सर्वदलीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने माओवादीको निर्णय

251

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संसद्को गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । साथै उसले सर्वदलीय/सर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने पनि जनाएको छ ।

आज बस्ने संसद् बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा माओवादीको संसदीय दलको बैठक बसेको थियो । सो बैठकले संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने निर्णय गरेको माओवादीका एक सांसद्ले बताए ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अघिल्लो अधिवेशनको पूरै अवधि संसद्को कामकारबाहीमा भाग लिएको थिएन । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसद्लाई पदबाट हटाइएको सूचना टाँस गर्नुपर्ने माग राखेर एमालेले संसद्मा विरोध जनाउँदै आएको छ ।

बैठकमा सांसद्हरुले एमसीसीबारे राखेको जिज्ञासामा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सर्वदलीय/सर्वपक्षीय सहमतिपछि मात्रै अघि बढ्ने बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...