प्रहरीका ८ जना डिएसपीको एसपीमा बढुवा सिफारिस

186

काठमाडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) विश्वराज पोखरेलले बताए ।

बढुवा सिफारिसको पहिलो नम्बरमा डिएसपी जनबहादुर शाही रहेका छन् । उनी प्रहरी प्रधान कार्यालय अन्तर्गतको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

यस्तै, डिएसपीहरुमा रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...