स्वरोजगार कार्यक्रम ७७ वटै जिल्लामा पुग्यो : मनाङ र मुस्ताङमा पनि कार्यक्रम विस्तार

122

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरिएको छ ।

मंगलबार बसेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष विस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औँ बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम विस्तार गर्ने निर्णय गरेको हो ।

कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो बैठक बोलाएका मन्त्री गहतराजले देशभरका युवालाई स्वरोजगार बनाउने उद्देश्यले थप दुई जिल्लामा समेत उक्त कार्यक्रम लागु गर्न निर्देशन दिएका हुन् ।

नेपाल सरकारबाट २०६५ सालमा स्थापना भएको कोषले युवाहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...