सीमा सुरक्षा तथा व्यवस्थापन तालिम सुरु

388

काठमाडौँ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौँमा सञ्चालित सि.सं.३ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सोमबारदेखि सञ्चालन भएको भएको छ ।

सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राईले सोमबा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गरे ।

त्यसअवसरमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राईले संगठनलाई प्राप्त जिम्मेवारीमध्ये सीमा सुरक्षा एक महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै राज्यद्वारा संगठनलाई प्राप्त विविध जिम्मेवारीहरु व्यवसायिक र कुशल ढंगले सम्पादनका लागि दक्ष जनशक्ति निर्माणका लागि संगठनले यस्ता विभिन्न व्यवसायिक तालिमहरु नियमित रुपमा सञ्चालन गर्दै आइरहेको बताए ।

उनले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्दै प्रशिक्षणको दौरान प्रशिक्षार्थीहरुले आर्जन गरेका ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा उपयोग गर्दै प्रशिक्षार्थी अधिकृतहरुले आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई समेत सिकाउँदै विभिन्न स्थानहरुमा खटिइ राष्ट्र र नागरिकको सेवा, सुरक्षा र उद्धारलगायतका कार्यसम्पादनको क्रममा चुस्त दुरुस्त रुपमा क्रियाशिल रहन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

६ हप्ता अवधिसम्म चल्ने सो तालिममा ५ जना सशस्त्र प्रहरी नायब उपरीक्षक र २५ जना सशस्त्र प्रहरी निरीक्षक गरी कुल ३० जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...