थप ४१६ जनामा काेराेना पुष्टि, २७० जना संक्रमणमुक्त

काेराेना अपडेट

151

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ४१६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ५५४ आरटी पिसिआर र ४ हजार ८४८ एन्टिजेन गरी कुल १२ हजार ४०२ जनामा परीक्षण गरिएकोमा ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ७ हजार ३११ जना संक्रिय संक्रमित छन् ।

मन्त्रालयकाअनुसार साेमबार  देशभरबाट २७० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा एक जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...