काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २५ गतेदेखि सुरु हुने १२औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन तथ्थाङ्क उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भइ सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गरेका हुन् ।
यसपटकको जनगणनामा सामुदायिक प्रश्नावलीमार्फत् पनि हाम्र वडाहरुमा भएका सामुदायिक भवन र अन्य भौतिक पूर्वाधार र सरकारी सेवामा पहुँचको अवस्थाको पनि जानकारी लिइने भएकाले स्थानीय सरकारलाई पनि आफूले प्रदान गर्ने सेवा प्रभावकारी बनाउन सहज हुने विश्वास व्यक्त गरे । “यस पटकको जनगणनाले हाम्रा स्थानी तहहरुलाई आफ्ना नागरिकलाई सहज सेवा प्रवाह गर्नका लागि अहिलेको पूर्वाधारलाई कसरी विस्ता गर्ने भन्ने महत्वपूर्ण जानकारी पनि दिने छ,” ओलीको सन्देशमा भनिएको छ ।
उनले आज जारी गरेको सन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिनएर कार्यक्रम सफल बनाउन अपिल गरेका छन् ।