एमाले कम्युनिस्ट आन्दोलनबाट च्युत भइसके, विधान महाधिवेशन पनि तमासा हो : नेपाल

232

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भइसकेको आरोप लगाएका छन् ।

बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा स्वागत गर्दै उनले यही असोज १५ देखि १७ गतेसम्म गरेको पहिलो विधान महाधिवेशनलाई तमासाको संज्ञा पदएका हुन् ।

एमालेमा कुनै विचार, सिद्धान्त र दृष्टिकोण नरहेको बताउँदै अध्यक्ष नेपालले पतनको दिशामा पुगिसकेको पनि उल्लेख गरेका छन् ।

“नेकपा एमाले पतनको दिशामा गइसकेको छ,” उनले भने,“अन्तिम प्रयास गर्दा पनि यो पार्टीलाई ठिक ठाउँमा ल्याउन नसकिने निष्कर्ष हामीले निकालेका थियौँ । अहिले भानुभक्त कमरेडले पनि त्यही निचोड निकाल्नुभयो ।”

अध्यक्ष नेपालले गोदावरीमा सम्पन्न विधान महाधिवेशनलाई पनि तमासाको संज्ञा दिए । “पछिल्लो पटक एमालेले गरेको विधान महाधिवेशनको तमासाबाट यसलाई सुधार्न नसकिने भयो भनेर कमरेड भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ,” नेपालले भने,“उनीहरुले सबैतिर भ्रम फैल्याइरहेका छन् । एमालेको भ्रममा बसिरहेको त्यो पंक्तिमा पनि सत्यतथ्य कुरा पुर्याउनुपर्ने आवश्यकता छ ।”

Share This:
सम्बन्धित खबर
Loading...