प्रधानन्यायाधीश जबराको प्रश्न : बहुमत पुगेछ भनेर अदालतले निर्णय गरिदिनु संवैधानिक हुन्छ ?

352

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका वकिललाई प्रधानमन्त्री नियुक्तिका लागि अदालतले निर्णय गर्नु संवैधानिक हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन् ।

आइतबार सभामुखको तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोखरेललाई उनले यस्तो प्रश्न गरेका हुन् ।

“१४६ सांसद् अदालत आउनुभएको छ । अब बहुमत पुगेछ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्तिको विषयमा निर्णय गरिदिनु संवैधानिक हुन्छ ?” प्रधानन्यायाधीश जबराले सोधे,“७६(५) अनुसार त्यसो गर्न मिल्छ अदालतले ?”

जबाफमा अधिवक्ता पोखरेलले अदालतले नियुक्तिभन्दा पनि संवैधानिक व्याख्या गरिदिनुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...