दुर्गा पौडेललाई मन्त्री बनाउन कहिल्यै दौडधुप गरेका छैनौँ : चित्रबहादुर केसी

485

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीकी उपाध्यक्ष तथा विघटित प्रतिनिधिसभा सदस्य दुर्गा पौडेललाई मन्त्री बनाउन पार्टीले कहीँकतै दौडधुप नगरेको स्पष्ट पारेको छ ।

असार १४ गते मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनमोर्चाले मन्त्रीका लागि बार्गेनिङ गरिरहेको दाबी गरेपछि जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एक विज्ञप्तिमार्फत् ओलीको त्यो अभिव्यक्ति निराधार र पूरै असत्य भएको बताएका हुन् ।

“हामीले हाम्रो पार्टीकी उपाध्यक्ष र प्रवक्ता तथा सांसद् दुर्गा पौडेललाई मन्त्री बनाउन कहिल्यै पनि दौडधुप गरेका छैनौँ । अझ वास्तविकता यो हो कि ओलीका तर्फबाट नै दुर्गा पौडेललाई मन्त्री बनाउनका लागि बारम्बार प्रस्ताव आएको थियो र हामीले त्सलाई अस्वीकार गरेका थियौँ,” केसीले विज्ञप्तिमा भनेका छन् ।

बरु सत्ता जोगाउनका लागि तात्कालीन महाधिवक्ता अग्नि खरेललगायतका एमालेका नेताहरुबाट उपसभामुख बनाउने लगायतका अफरहरु आएको तर पार्टीले त्यसलाई अस्वीकार गरेको पनि केसीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...