नेविसंघद्वारा उपप्रधानमन्त्री महतोको राजीनामा माग

282

रौतहट । नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ रौतहटले उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित सो प्रदर्शनमा उप्रधानमन्त्री महतोले बहुल राज्य हुनुपर्छ भन्दै देश टुर्क्याउने अभिव्यक्ति दिएको भन्दै तत्काल उनले राजीनामा दिनुपर्ने माग प्रदर्शनकारीहरुले गरेका छन् ।

नेपाालीहरुमा सदियौँदेखि विविधता बीचमा पनि एकता कायम रहिरहेकोमा उपप्रधानमन्त्री महतोले उक्त एकता भाड्ने अभिव्यक्ति दिएकोले त्यस्ता व्यक्तिलाई एकछि पनि सरकारमा बस्न नैतिकताले नदिने भन्दै तत्काल राजीनामा दिनुपर्ने नेविसंघ रौतहटको माग छ ।

त्यसैगरी प्रदर्शनकारीहरुले नेपाल सरकारले बजेटमार्फत ल्यएको चुरे उत्खननको नीति खारेज हुनुपर्ने मागसमेत गरेका छन् ।

सरकारले व्यापारघाटा कम गर्ने भन्दै चुरे दोहन गरेर तराई मधेशलाई मरुभूमिकरण गराउन खोजेको भन्दै चेतावनीस्वरुप विरोध प्रदर्शन गरिएको बताउँदै युवा नेता संगम श्रेष्ठले कामचलाउ सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा राखिएको चुरे दोहन नीति फिर्ता नलिए झन् कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...