नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

313

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गरेकी थिइन् । सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीको सिफारिसमा २५ सदस्यीय मन्त्रिपरिषद बनाएकी हुन् । संविधानमा बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ ।

यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार गरेका थिए । आज शपथ खाने मन्त्रीहरुमा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...