एसइई परीक्षा आन्तरिक मूल्याङ्कन विधिबाट गराउने मन्त्रालयको प्रस्ताव

469

काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रालयको बैठकले एसइई परीक्षाको आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए ।

गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी ३ सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमिसिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्म निर्धारण सबै विषयवस्तु मूल्याङ्कन भएको थियो ।

मूल्याङ्कन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले एसइई कक्षा १० को मूल्याङ्रकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ जारी गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...