देश संकटमा पुगेपछि मात्र कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको होः प्रवक्ता शर्मा

210

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार आफैँ कलहमा उत्रेर देश संकटमा पुर्याएपछि मात्र पार्टी सभापति शेर बहादुर देउवाले १ सय ४९ जना सांसद्को समर्थनमा प्रधानमन्त्रीको दाबी गरेको बताएका छन् ।

प्रेस युनियनको स्थापना दिवसमा बोल्दै प्रवक्ता शर्माले कांग्रेसले कहिल्यै अविश्वासको प्रस्ताव नल्याएको टिप्पणी गरे । उनले कडारुपमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचनासमेत गरे ।

“कांग्रेसले कहिल्यै अविस्वासको प्रस्ताव ल्याएन । तर, आफैँ कलहमा उत्रेर देश सकटमा परेपटि सभापति शेर बहादुर देउवाले १ सय ४९ जना सांसद्को समर्थनमा प्रधानमन्त्री दाबी गर्न जानुभएको हो,” प्रवक्ता शर्माले भने,“राष्ट्रपतिले दाबी पुगेन भनेर सनाखतको प्रक्रिया गर्नुभएन । त्यसैले यो राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक हो ।”

युनियनको ३१औँ स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले सरकारको आलोचना गरे ।

प्रधानमन्त्री ओलीको विषय सत्ताको रक्षामात्र रहेको बताउँदै उनले भने,“अब पार्टीको झन्डाको अर्थ कम भएको छ । सरकारले के गर्यो यो प्रधान भएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...