काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नका लागि अध्यक्ष ठाकुर र महतो बालुवाटार पुगेका हुन् ।
मन्त्रिपरिषदको बैठक सकिएलगत्तै ठाकुर र महतोको ओलीसँग भेट भएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गते संसद्को अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीको पक्षमा संसद्मा बहुमत छैन । विश्वासको मत लिन परेमा र बजेट ल्याउन दुवै उद्देश्यका लागि बहुमत चाहिन्छ ।