काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज पनि भेटवार्ता हुँदैछ ।
उनीहरुबीच दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता हुने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । दुई नेताको भेटपछि एमालेभित्रको विवाद समाधानका लागि बनाउने भनिएको कार्यदलको पनि टुंगो लाग्ने सम्भावना छ ।
गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र नेता नेपालले आाज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्यबारे छलफल गर्न लागेका हुन् ।
नेपाल पक्षले एमालेलाई २ जेठ २०७५ को बिन्दुमा अघि बढाएर समाधान खोज्नुपर्ने माग राख्दै आएको छ । यसमा अध्यक्ष ओली सकरात्मक रहेको बताइएको छ ।