गण्डकीमा थप ९४१ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

316

गण्डकी । पछिल्लो २४ घन्टामा गण्डकीमा थप ९ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी अद्यावधिक विवरणअनुसार बुधबार गण्डकीका ८ सय २३ जना पिसिआर र १ सय १८ जना एन्टिजेन परीक्षणमा ९ सय ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीमा २ सय ५१, बागलुङमा २ सय ३५, स्याङ्जामा १ सय ६८, तनहुँमा ११, गोरखामा ८१, लमजुङमा १, नवलपुरमा ६८, जना, पर्वतमा ३१, म्याग्दीमा ४०, मुस्ताङमा २७ र मनाङमा २८ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ४ सय ४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट कोरोनामुक्त भएका २ सय ७४ जनासँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १८ हजार ४ सय ५९ पुगेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा गण्डकीमा थप १६ जनाको भएको छ । योसँगै गण्डकीमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ४ पुगेको निर्देशनालयले जनाएको छ।

Share This:
सम्बन्धित खबर
Loading...